रक्सी पिउदा चुरोट पिउनु निकै खतरनाक

एजेन्सी । सामान्यतया अन्य बेला चुरोटको धुवा नजिक आउँदा नाक थुन्नेहरु मदिरा पिउदा हातमा चुरोट सल्काउँदै धुवा उडाउने गर्दछन् । तर व्रिटेनका अनुसन्धानकर्ताले मानवीय स्वास्थ्यका लागि मदिरा पिउदा चुरोट पिउनु सवैभन्दा बढि खतरनाक हुने प्रक्षेपण गरेका छन् । ७५० मिलिलिटर मदिरा पिउँदा ५ चुरोट पिउने ब्यक्तिलाई क्यान्सरको बढि खतरा हुने अनुसन्धानकर्ताले बताएका छन् ।

अनुसन्धानकर्ताका अनुसार रक्सी पिउनेहरुका लागि चुरोट पिउनु धेरै गुना खतरनाक हुने र त्यसकै कारण क्यान्सरको विरामी हु्ने बताएका छन् । यो जोखिम कम गर्ने एउटा मात्र उपाए छ, त्यो हो मदिरा पिउँदा चुरोट पिउन पूर्णरुपमा बन्द गर्नु, अनुसन्धानकर्ताले भनेका छन् ।
नेपालीहरुका लागि मदिराको कुनै लिमिट हुँदैन । तर अनुसन्धानकर्ताले एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु नुहँने बताएका छन् । तीन लिटर बियर वा ६ गिलास वाइन मात्र एक सातामा पिउनु उपयुक्त हुने बताएका छन् । तर अस्वस्व्स्थ ब्यक्तिका लागि भने रक्सी पिउनु खतरा हुने बताएका छन् ।

‘बीएमसी पब्लिक हेल्थ’को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन् यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भनेपनि १० गुना क्यान्सरको समस्या रहन्छ । रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको बढि खतरा हुन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु