प्रश्नपत्र आउट: उच्चश्रृंखल व्यक्तिले पुरानो प्रश्नपत्र राखेर विद्यार्थी त्रसित बनाउने कार्य !

काठमाडौं । एसइई अन्तर्गत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि आउट भएको हल्लामात्र साबित भएको छ । अफवाह फैलाउन २०७४ सालको प्रश्नपत्रमा लगाइएको टिकमार्क र मिति काटेर सामाजिक सञ्जालमा शनिबार परीक्षा हुने विषयको प्रश्नपत्र बाहिरिएको भन्दै भाइरल बनाइयो बुझिएको छ । हिजो र आज प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

सो घटना थप सशंकित भएको र विद्यार्थीलाई त्रसित बनाउने उद्देश्यले केही उच्चश्रृंखल व्यक्तिहरुले गरिरहेको आरोप प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले लगाएका छन् । बिहीबार परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द गरिएको थियो। आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि आउट भएपछि परीक्षा नै स्थगित भएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु