एनआरएन अष्ट्रेलियाको सदस्यता खुल्यो,यस्तो छ दर्ता प्रक्रिया,के-के चाहिन्छ कागजपत्र ?

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघले एनआरएनएले अष्ट्रलियाको एनआरएन सदस्यताको लागि आवेदन खुल्ला गरेको छ । बुधबार रातिबाट खोलिएको सदस्यता दर्ता प्रक्रिया अप्रिल महिनाभरि रहने जनाईएको छ । मे देखि जुलाईसम्म चुनावका लागि सदस्यता दर्ता प्रक्रिया बन्द गरिएपनि त्यसपछि फेरि सदस्यता खुल्ने एनआरएन अष्ट्रेलियाले जनाएको छ ।

करिब एक महिनाका लागि खुल्ला गरिएको दर्ता प्रक्रिया पूर्णत अनलाईनमा आधारित छ । एनआरएनको ग्लोबल वेवसाईटमा गएर हरेक सदस्यले आफ्नो विवरण भरी शुल्क तिरेपछि एनआरएन सदस्यको रुपमा उनीहरुले आफूलाई दर्ता गर्न सक्छन् । तर, आफ्नो विवरणसँगै अष्ट्रेलियाको हकमा मेडिकेयर कार्ड वा भिसाको प्रमाण पनि पेश गर्नुपर्नेछ । एनआरएनका लागि नेपाल सरकारले बनाएको प्रावधानका आधारमा यी व्यवस्थाहरु गरिएका छन् ।

सदस्यता लिनका लागि यस पटक नाम, ठेगाना, नेपालको ठेगाना, पेशा, शिक्षा, पासपोर्टको विवरण, ईमेल, फोन नम्बर, जन्मिएको साल अनिवार्य रुपमा दिनुपर्ने हुन्छ । सदस्यता लिनका लागि नाम, ठेगाना, नेपालको ठेगाना, पेशा, शिक्षा, पासपोर्टको विवरण, ईमेल, फोन नम्बर, जन्मिएको साल अनिवार्य रुपमा दिनुपर्ने हुन्छ । यस्तो विवरण नदिएको अवस्थामा दर्ता प्रक्रिया नै पूर्ण नहुने व्यवस्था मिलाइएको छ । यसका साथै हरेक सदस्यको आफ्नै फोन नम्बर रजिष्टर्ड हुन आवश्यक छ । जसलाई तत्कालै भेरिफाई गर्ने प्रावधान राखिएको छ । ईमेल पनि भेरिफाई नगरी दर्ता नहुने व्यवस्था मिलाइएको छ ।

यो व्यवस्थाले एकै पटक धेरै व्यक्तिहरुको सदस्यता बनाउने, राजनीतिक दलका भ्रातृ संगठन र उम्मेद्वारहरुले आफ्नो पैसा खर्च गरेर सदस्यता वितरण गर्ने लगायतका कामहरु रोकिने एनआरएनको विश्वास छ । तर यसपटक सदस्य संख्या भने घट्नसक्ने अनुमान गरिएको छ ।

केही व्यक्तिले भने व्यक्तिगत विवरणको गोपनीयतालाई लिएर आशंका गरेका छन् । अष्ट्रेलिया जस्तो विकसित देशमा नाम, ठेगाना, इमेल, फोन नम्बर जस्ता अत्यन्त व्यक्तिगत विवरण दिँदा त्यसको दुरुपयोगको खतरा रहने र यसको जिम्मेवारी कसले लिने भन्ने लगायतका प्रश्न उनीहरुले गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु