भिक्षा पात्रको रहस्य:एउटा भिक्षा पात्र जसलाई राजाले भर्न सकेनन्

काठमाडौं । एक राजाको दरबारमा साधु पुगे । राजाले साधुको यथोचित सम्मान गरे अनि दरबारमा आउनुको प्रयोजन सोधे । साधुले भने, ‘राजन, मैले सुनेको छु कि तपाई ठूलो दानी प्रजापाल हुनुहुन्छ । आफ्ना दरबारमा आएका भिक्षुलाई सन्तुष्ट बनाएर पठाउनुहुन्छ । मेरो पनि एउटा भिक्षा पात्र छ यसलाई भरिदिनुहोस् । किनभने यो भिक्षा पात्र लिएर म अनेको राजाहरुकोमा गए तर मेरो यो सानो भिक्षा पात्रलाई कसैले भर्न सकेनन् । धेरै आश लिएर तपाईकोमा आएको छु ।’

राजाले आदेश दिए साधुको पात्रलाई बहुमुल्य बस्तुले भरिदिनु । तब साधुले भने, ‘हे राजन ! यो भिक्षा पात्रलाई सामान्य भिक्षा पात्र नसम्झनुहोस यसलाई अन्नले पनि सकेन स्वर्ण मुद्राले कसरी भरिएला।’ राजाले भने, ‘हे साधु यो दरबारलाई गरिब न सोच्नुहोस तपाईको पात्रलाई बहुमुल्य हिरा जवाहरातले भरिदिनेछु ।’

राजाले मन्त्रीलाई आदेश दिए साधुको पात्रलाई बहुमुल्य हिरा जवारात स्वर्ण मुद्राले भरिदिनु । आज्ञा अनुसार मन्त्रीले बहुमुल्य हिरा जवारातले भर्न थाले जब मन्त्रीले भिक्षा पात्रमा बहुमुल्य बस्तु हाले तब गायब भयो । मन्त्री र राजा यो देखेर छक्क परे जति स्वर्ण मुद्रा हालेपनि पात्र रित्तोको रित्तैै रह्यो । तर राजाले पनि साधुको पात्रलाई भरिदिने दृढ निश्चय गरे अनि मन्त्रीलाई आदेश दिए दरबारका सारा मुद्राहरु साधुको भिक्षा पात्रमा हालिदेउ ।

जब मध्यान्नसम्म पनि भिक्षा पात्र भरिएन तब राजाको मनमा संकोच र अनुहारमा चिट चिट पसिना आउन थाल्यो । साझसम्ममा राजाको आखा आश्चर्यले खुल्लाको खुल्लै रह्यो दरबारका सारा बहुमुल्य हिरा जवाहरात स्वर्ण मुद्रा सबै सकिए तर भिक्षा पात्र खालिनै रह्यो ।

राजा सिंहसानबाट उठेर साधुको चरणमा झुके र विनम्रपुर्ण भन्न थाले, ‘साधु माहाराज ! यो पात्र के हो जुन जति हाले पनि भरिदैन मलाई यसको रहस्य बताउनुहोस यो पात्र कुनै जादुको चिज जस्तो लाग्छ ?’

तब साधुले भने, ‘हेर राजन ! म एक समय मसानघाटको बाटो भएर भिक्षा माग्न निस्किएको थिए । मसँग कुनै पात्र थिएन त्यसैले मसानघाटमा रहेको मनुष्यको खोपडिलाई पात्र बनाए । त्यसपछि म जहाँ जहाँ भिक्षा माग्न जान्छु र भिक्षा पाउछु त्यहाँ सबै गायब हुदै जान्‍छ । जुन कहिल्यै भरिदैन । संसारका सारा धन दौलत र भोगहरु पाएर पनि मनुष्यको इच्छा कहिल्यै पुरा हुदैन त्यस्तै यो भिक्षा पात्र पनि भरिदैन ।’

‘हे राजन ! हामी पनि ठिक यसै भिक्षा पात्र जस्तै छौं । चाहे हामी जति पनि किन नकमाउ हामी कहिले पनि तृप्त हुदैनौ किनभने हामी मनको साहारा बाचिरहेका छौ । अत: धन- दौलत र भोगहरुको मोहलाई त्यागेर ईश्वरोन्मुख भइ आत्मात्थानको मार्ग अप्नाउनु नै मनुष्यको आत्म कल्याण हुनेछ ।’ त्यो सुनर राजनले साधुको चरण स्पर्श गरे । साधु आफ्नो भिक्षा पात्रलाई लिएर दरबारबाट बाहिरिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु