युरोकप छनोट: साविकको विजेता पोर्चुगल बराबरीमा रोकिँदा, इंग्ल्याण्डको सहज जित

एजेन्सी । २०२० मा हुने युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा इंग्ल्याण्ड विजयी हुदा पोर्चुगल फेरी बराबरीमा रोकियो ।मंगलबार विहान भएको खेलमा पोर्चुगल सर्वियासँग एक एक गोलको बराबरीमा रोकियो । पहिलो खेलमा पनि गोलरहित बराबरी खेलेको पोर्चुगलले सर्वियाको एकगोलको अग्रतालाई बराबरी गर्न सफल भयो । खेलको सातौं मिनेटमा सर्वियाका टाडीकले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।४२ औं मिनेटमा डानीलो पिरेइराले गोल गर्दै पोर्चुगललाई बराबरीमा पुर्याए ।

यता इंग्ल्याण्डले जारी प्रतियोगितामा लगातार दोस्रो खेलमा प्रभावशाली जित हात पार्यो । उसले मोन्टेनेग्रोलाई पाँच एकले पाखा लगायो । त्यसोत इंग्ल्याण्डले मोन्टेनेग्रोको सुरुवाती अग्रता विरुद्ध चार गोल गरेको हो । खेलको १७ औं मिनेटमा भेसोभिकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यसपछि इंग्ल्याण्डले लगातार चार गोल गर्न सफल भयो ।

३० औं मिनेटमा कियनले गोल गरे भने ३८ औं र ५९ औं मिनेटमा ब्राक्लीले गोल गर्दै टिमलाई तीन एकले अगाडी बढाए । त्यसपछि ७१ औं मिनेटमा हेरी केनले चौथो गोल थपे । खेलको ८० औं मिनेटमा रहिम स्ट्रलिङे गोल गर्दै टिमलाई पाँच एकको अग्रता दिलाए । जितसँगै इंग्ल्याण्डले पनि ६ अंक बनाएको छ । अर्को खेलमा युक्रेनले लग्जम्बर्गलाई २–१ गोल अन्तरले हरायो भने अल्बिानियाले एन्डोरालाई ३–० गोल अन्तरले पराजित गर्यो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु