अब २४ घण्टामै स्मार्ट लाइसेन्स,क-कसले पाउँछन् ? (सूचना सहित)

काठमाडौं । यातायात व्यवस्था विभागले २४ घण्टामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराउने व्यवस्था मिलाएको छ। विभागले सूचना जारी गर्दै अत्यावश्यक सेवाको लागि २४ घण्टामै लाईसेन्स उपलब्ध गराउने बताएको छ ।

‘नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखि आएको पत्रको आधारमा छिटो स्मार्ट कार्ड प्रिन्ट गरी पाउँ’ भनी निवेदन माग भइ आएमा निवेदक दाताको स्मार्ट कार्ड निवेदन दिएको भोलि पल्टनै प्रिन्ट गरी वितरण गरिदिने जनाएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु