खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजनाको मृत्यु

सिन्धुपाल्चोक  । खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ मा सोमबार दिउँसो ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकमा शिवश्री हाईड्रोपावरका कामदार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। दिउँसो सवा ४ बजेतिर कामदारले भान्सामा खाजा पकाउने क्रममा ग्याँस सिलिन्डर विस्फोट भएको हो। मृतक मध्ये हुम्लाका सन्दुक लामा र दोलखाका भाईकाजी शेर्पाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षकहरु