नेपाल र जापानबीच श्रम सम्झौतामा हस्ताक्षर,दक्ष जनशक्तिलाई अवसर,प्रक्रिया कोरिया मोडलमै

काठमाडौं । नेपाल र जापानबीच कामदार आपुर्ति सम्बन्धी श्रम सम्झौता भएको छ । सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ ।सम्झौतामा हस्ताक्षर हुँदा मन्त्री गोकर्ण बिष्ट पनि सहभागी भएका थिए ।

जापानसँग श्रम सम्झौता भएपछि नेपाली कामदार अब जापान जान पाउने भएका छन् । आगामी अप्रिल १ देखि सम्झौता कार्यन्वयनमा आउने भएको छ । कोरियन मोडलमै नेपालबाट जापानले कामदार लिने गरी सहमति गरेको छ । यो संगै नेपालका लागि नयाँ रोजगार गन्त्ब्य अब जापान बनेको छ ।

कामदारका रुपमा जापान जान भाषा परीक्षा अनिवार्य सर्त राखिएको छ भने नेपाली कामदारले न्यूनतम २ लाख तलव पाउने भएका छन् । सम्झौतामा न्यूनतम तलव २ लाख तोकिएको छ । पहिलो चरणमा जापानले औद्योगिक क्षेत्र, नर्सिङ, निर्माण तथा सरसफाइका लागि नेपाली कामदार लिने तयारी गरेको छ ।

दक्ष र उच्च दक्षलाई अवसर जापान जानका लागि भाषा परीक्षा मात्रै पास गरेर नपुग्ने भएको छ। सीप परीक्षा र भाषा परीक्षा पास गरिसकेपछि मात्रै जापान जान योग्य रहने गरी सम्झौता गरिएको छ। ‘स्पेशिफाइड स्किल वर्कर (एसएसडब्लु) पहिलो वर्ग र स्पेशिफाइड स्किल वर्कर (एसएसडब्लु) दोस्रो वर्गका कामदारहरू लैजाने व्यवस्था गरिएको छ। (एसएसडब्लु) पहिलो वर्गको लागि भाषासँगै सीप र सम्वन्धित कार्यक्षत्रमा अनुभवको आवश्‍यकता पर्ने छ। त्यस्ता बढीमा पाँच वर्ष जापानमा रहन पाउने छन्। त्यस्तै दोस्रो वर्गअन्तर्गत उच्च तहको सीप आवश्‍यक पर्ने प्रावधान राखिएको छ। त्यस्तै श्रमिकको कार्यविधि थप गर्न सकिने भन्ने व्यवस्था गरिएको छ। दोस्रो वर्ग अन्तर्गत आफ्ना परिवारका सदस्यलाई समेत जापान लैजान सक्ने व्यवस्था पनि गरिएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु