मौसम बदली: मेघ गर्जन सहित पर्ने ,हिमाली भेगका हिमपातको सम्भावना

काठमाडौं । आज देशभरको मौसम बदली रहनेछ । आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भेगका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

आज राति पनि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु