जर्मनीले रोमाञ्चक जित निकाल्दा, बेल्जियम र पोल्याण्डको पनि शानदार प्रदर्शन

एजेन्सी । २०२० मा हुने युरोकप छनोट खेल अन्तर्गत बेल्जियमले लगातार दोस्रो खेलमा जित निकाल्दा जर्मनीले नेदरल्याण्ड्स माथि रोमाञ्चक जित निकाल्यो । समूह आइ अन्तर्गत भएको खेलमा बेल्जियमले साइप्रसलाई दुई शुन्यले हरायो । बेल्जियमको जितमा खेलको १० औं मिनेटमा इडेन हाजार्ड गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको आठ मिनेटपछि बाट्सुएइले गोल गर्दै टिमलाई २० मिनेटमा नै दुई शून्यले अगाडी राखे । तर त्यसपछि बेल्जियमले बारम्बार मौका पाउदा पनि थप गोल गर्न सकेन र दुई शून्यको जित निकाल्यो ।

उता अर्को खेलमा पोल्याण्डले पनि लातभियालाई दुई शून्यले नै हरायो भने नर्दन आयरल्याण्डलले बेलारुसलाई दुई एकले पाखा लगायो ।जर्मनीले नेदरल्याण्ड्सलाई तीन दुई गोलले हरायो । खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शून्यले अगाडी रह्यो ।

तर नेदरल्याण्ड्सले त्यसपछि दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फर्काउदै सनसनी मच्चाएको थियो । उसका लागि डी लिग्ट र डीपेले एक एक गोल गरे । तर खेलको ९० औं मिनेटमा सुर्लेले गोल गर्दै जर्मनीलाई रोमाञ्चक जित दिलाएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु