यु-२३ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

काठमाडौं । कतारमा जारी एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको खेलमा नेपाल आयोजक कतारसंग ५–० गोल अन्तरले पराजित भयो । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा कतारलाई जित दिलाउन कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले २र२ गोल गरे । यस्तै कतारले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको २५ औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर अनन्त तामाङका कतारका खेलाडीलाई डिबक्स भित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो । जसमा अब्दुल्लाहले सहजै गोल गरे ।

खेलको ५३ औं मिनेटमा कप्तान अल रावीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै कतारलाई २–० को अग्रता दिलाए । ६० औं मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गर्दै कतारको अग्रता ३–० को बन्यो ।

खेलको ७६ औं मिनेटमा अल रावीले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ४–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५–० जित दिलाए । अब्दुल्लाहले मध्ये भागबाट प्रहार गरेको बल नेपाली गोलकिपर अर्पण कार्कीले समात्न खोज्दा गोलमा परिणत भएको थियो । कतारविरुद्ध गोलकिपर अर्पणले खराब प्रदर्शन गरे ।

कतारसंगको हारसंगै समूह ’ए’ मा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेलमा मंगलबार अफगानिस्तानसंग खेल्नेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसंग १–० गोल अन्तरले पराजित भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु