स्वास्थ्य परिक्षणको सिन्डिकेट हटाउन मलेसिया तयार, अब मलेसिया जाने बाटो खुल्यो

काठमाडौं । करिव एक बर्षदेखिको रस्साकस्सीपछि मलेसिया रोजगार पुनः सुचारु हुने भएको छ । दुई देशबीच श्रम सम्झौता भएको पाँच महिनासम्म प्राविधिक कारण देखाउँदै नेपालले कामदार पठाउन रोकेको छ । स्वास्थ्य परिक्षणका नाममा लागेको सिन्डिकेट श्रम सम्झौतापछि पनि नहटेको भन्दै नेपालले कामदार पठाउन रोकेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परिक्षणका नाममा रहदै आउको सिन्डिकेट नहटेसम्म कामदारलाई श्रम स्वीकृति नदिने अडान लिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको कडा अडानपछि मलेसिया सरकारले आफ्नो निर्णयमा पुर्नविचार गरेको छ । मलेसिया जाने कामदारले सरकारी र सरकारले तोकेका मेडिकलबाट स्वास्थ्य परिक्षण गराउन पाउने भएका छन् । नेपाल सरकारको मागप्रति मलेसिया सरकारले सहमति जनाउँदै पत्राचार गरेको छ ।

मलेसिया सरकारले स्वास्थ्य परिक्षणको नयाँ मापदण्ड पठाएपछि मन्त्रालयमा छलफल शूरु भएको छ । मन्त्रालयले स्वास्थ्य परिक्षणका लागि नीजि मेडिकल र सरकार अस्पताल छान्ने कसरत थालेको छ । यसअघि ३९ नीजि मेडिकलले स्वास्थ्य परिक्षणको अधिकार पाएका थिए । ३९ मेडिकलको सिन्डिकेट तोडिने भएको छ भने अन्य नयाँ नीजि मेडिकलले पनि स्वास्थ्य परिक्षणको अधिकार पाउने भएका छन् ।
मापदण्ड पुगेका मेडिकलका लागि केही दिनभित्र आवेदन माग्ने तयारी मन्त्रालयले गरेको छ । आवेदन परेपछि नेपाली र मलेसियाको टोलीले संयुक्तरुपमा अनुगमन गरी स्वास्थ्य परिक्षणको अनुमति दिनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु