एजेन्सी । अभिनेत्रि कंगना रनोट भारतकी सबैभन्दा महंगी कलाकार बनेकी छन् । उनले आफ्नो जन्मदिनको अवसरमा राजनीतिज्ञ तथा अभिनेत्री जयललिताको बायोपिकको घोषणा गरेकी छन् । सोही फिल्ममा उनी भारतकी सबैभन्दा महंगी अभिनेत्री बनेकी हुन् ।
कंगनाले उक्त फिल्ममा २४ करोड भारु लिनेछिन् । तमिल र हिन्दी भाषामा निमार्ण हुने यो फिल्ममा निर्माताले उनीमाथि विश्वास गर्दै यती ठूलो रकम लगानी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अर्की अभिनेत्री दीपिका पादुकोणको तुलनामा कंगनाको यो रेट दोब्बर हो । कंगनाले आफ्नो र जयललिताको कहानी एउटै भएका कारण बायोपिक आफूलाई अफ्फर गरिएको प्रतिक्रिया दिएकी छन् । उनले जन्मदिनको अबसरमा उक्त फिल्मको घोषणा गरेकी हुन् । फिल्म तमिलमा ‘पुरात्चि थलाइवी’ र हिन्दीमा ‘जया’ नाम बाट निर्माण हुने छ ।