‘विप्लव’ समूहका उच्च नेताहरू सुरक्षा निगरानीमा

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य नेताहरूमाथि निगरानी बढाएको छ । प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले वलीसहित नेतालाई काभ्रेको खानीखोला गाँउपालिका ३ बाट पक्राउ गरेको हो

शुक्रबार राति समातिएका उनीहरूलाई शनिबार काठमाडौं ल्याइएको छ । केन्द्रीय नेताहरूको मोबाइलमाथि निरन्तर निगरानी राखिरहेको प्रहरीले चैत १ गते पोलिटब्युरो सदस्य मोहन कार्कीलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको थियो ।
उच्च स्रोतका अनुसार फागुन १० मा नख्खुस्थित एनसेल कार्यालयमा भएको विस्फोटको जिम्मा लिएलगत्तै प्रहरीले मध्य कमाण्ड इन्चार्ज वलीको खोजी तीव्र पारेको थियो।, कान्तिपुरमा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु