कम उमेरमै समाज बद्ल्ने विश्वका पाँच महिलाको सूचिमा नेपाली चेली कञ्चन अमात्य

काठमाडौं । २५ बर्षभन्दा कम उमेरमै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वका पाँच महिलाको सूचिमा नेपाली चेली परेकी छिन् । डिस्कभरीले गरेको सर्बेक्षण अनुसार पाकिस्तानकी नोवेल शान्ति पुरस्कार बिजेता मलाला युसुफजाहीसँगै नेपालकी कञ्चन अमात्य पनि परेकी छिन् ।

पाकिस्तानकी मलालाले सन् १९१४ मा नोवेल शान्ति पुरस्कार पाएकी थिइन । उनीसँग समाज बदल्ने पाँच महिलाको सूचिमा नेपालकी कञ्चन अमात्य परेकी हुन् । विश्वभरबाट टप फाइलमा परेकी कञ्चन क्लिन्टन फाउन्डेशनबाट सम्मानीत पनि भएकी छिन् । नेपालका ग्रामिन क्षेत्रमा महिलाको आर्थिक सशक्तिकरणमा काम गरिरहेकी कञ्चन १६ बर्षकी भइन । उनले नेपालमा चेलिबेटी बेचबिखनबिरुद्ध पनि ग्रामिन क्षेत्रमा काम गरिरहेकी छिन् । कञ्चनसँगै पाकिस्तानकी मलाला, भारतकी नेहा गुप्ता, मेलाति र इसाबेल टप फाइपमा परेका छन् ।

नेपाली चेली भएपनि कञ्चन अमेरिकामा बस्दै आएकी छिन् । ललितपुरको पाटन घर भएकी कन्चन अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको क्षेत्रमा काम पनि गरिरहेकी छिन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको छ ।अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसमा उनले यस्तो जिम्मेबार पाएकी हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु