फोरम र राजपाको एकता संकटमा, सरकार छोड्न फोरमलाई राजपाको सर्त

काठमाडौं । संघिय समाजबादी फोरम र राष्टिय जनता पार्टीको एकता संकटमा परेको छ । राजपाले पार्टी एकताका बिषयमा छलफल गर्नुभन्दा पहिले सरकार छाड्न फोरमलाई आग्रह गरेको छ । सरकारबाट बाहिरिएपछि मात्र एकताका लागि वार्ता गर्ने राजपाको सर्तले फोरमलाई संकट परेको छ । राजपासँग पार्टी एकताका लागि वार्ता गर्न फोरमले सह अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति नै बनाएको छ । वार्ता समितिले एकताका लागि राजपालाई केही दिनअघि पत्र पठाएको थियो ।

जवाफमा राजपाले वार्ताभन्दा पहिले सरकार छाड्न जवाफी पत्र पठाएको छ । वर्तमान सरकारमा रहेसम्म फोरमसँग वार्ता नगर्ने राजपाले निस्कर्ष निकाल्दै सरकार छाड्ने सर्त राखेको छ । राजपाको सर्तले फोरममा संकट निम्त्यएको छ । फोरम र राजपाले गत निर्वाचनमा समिकरण गरेका थिए । समिकरणकै कारण उनीहरुले प्रदेश नम्वर २ मा आफ्नो प्रभाव बलियो बनाए । फोरम र राजपाको प्रदेश नम्वर २ मा सरकार पनि चलेको छ ।

-एउटा पार्टी सरकार बाहिर अर्काे सरकारमा । यस्तो बेला एकताको बार्ता हुन सक्दैन,- राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने-एकताका लागि साँच्चिकै फोरम गम्भिर बनेको हो भने पहिले सरकार छाड्नु पर्दछ । तर संघिय समाजबादी फोरम भने तत्काल सरकार नछोड्ने पक्षमा छ । फोरम अध्यक्ष उपेन्द्र यादवले सरकार नछाडने संकेत गरिसकेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु