भारतीय राजदूतसँग पूर्वराजा ज्ञानेन्द्रको गोप्य भेटघाटले झस्कियो सरकार

काठमाडौं । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्य रुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।
मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ ।

तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादा भन्दा बाहिर गएर भेट गरेको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु