कारोबार नभएका खाता निष्क्रिय बनाउन राष्ट्र बैकको निर्देशन

काठमाडौं । छ महिनाभन्दा बढीसम्म कारोबार नभएका खाताहरु निष्क्रिय बनाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र बित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले बचत खाताको हकमा तीन वर्ष एवं कल खाता र चल्ती खाताको हकमा छ महिनाभन्दा बढी समय व्यतित भएको खाता निष्क्रिय बनाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार यसअघि बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्था बमोजिम निष्क्रिय गरिएको खाताहरुको हकमा यही व्यवस्थाअनुसार निष्क्रिय गर्नुपर्ने छ ।

निष्क्रिय अवस्थामा रहेका यी खाताहरु सक्रिय गर्दा संस्थाको ग्राहक पहिचान सम्बन्धी नीति बमोजिम अद्यावधिक भएको खाताको हकमा सम्बन्धित ग्राहकको निवेदन बाहेक अन्य कागजपत्रहरु लिन आवश्यक नपर्ने राष्ट्र बैकले जानकारी दिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु