जनताको जलविद्युत कार्यक्रमको पहिलो दिनमै ५ करोड ७० लाख रकम संकलन

काडमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशूली–३ ‘बी’ को सेयर खरिदका लागि आवेदन दिएकै दिन ५७ लाख कित्ता खरिदका लागि आवेदन परेको छ । पहिलो दिनमै ५७ लाख कित्ताको ५ करोड ७० लाख रकम संकलन भएको उर्जा मन्त्रालयले जनाएको छ । विहीबार प्रधानमन्त्री ओलीले जनताको जलविद्युत कार्यक्रम अन्र्तगत नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ को १० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए । पत्नी राधिका शाक्यसहित शेयर निवेदन दिएकै दिन ५७ लाख कित्ता शेयरका लागि आवेदन परेको छ ।

बिहीबार साँझसम्म १२ हजार ७ सय ७३ आवेदकले ५७ लाख कित्ता सेयर किन्न आवेदन दिएको कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले बताएका छन् । बिहीबारबाट निष्कासन गरेको सेयर छिटोमा चैत १२ गते र ढिलोमा २०७६ बैशाख ६ गते बन्द हुनेछ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत ३ लाख ७० हजार ५ सय कित्ताका लागि मात्र सेयर माग गरिएको छ । सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ । व्यक्तिले किन्न चाहेको बाँकी सेयरबापतको रकम कम्पनीले आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि माग गर्ने जनाएको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँको ३७ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ । यसमध्ये ३ प्रतिशत सेयर ९१ लाख ११ हजार १ सय ५० कित्ता० कम्पनीका कर्मचारीलाई सुरक्षित राखी बाँकी निष्कासन गरेको जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु