हिन्दू राज्यको एजेण्डा बोकेर सभापति बन्ने शशांक कोइरालाको दाउ, होला त पूरा ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला संसद र पार्टी बैठकमा प्राय मौन बस्ने गर्दछन् । संसदमा उनको बोली फुटेको छैन, पार्टी बैठकमा नयाँ बिचारले स्थान पाएको छैन । तर बाहिर दिने उनका अभिब्यक्ति भने सधै चर्चामा रहने गरेका छन् ।

विहीबार आफ्नै निवासमा गणतन्त्र, र संघियताका बिषयमा दिएको अभिब्यक्तिले तरंग मात्र पैदा गरेन, आफैले हस्ताक्षर गरी निर्माण गरेको संविधान प्रति प्रश्न उठायो । उनले संघीयता र गणतन्त्रमा पनि जनमत संग्रह हुनसक्छ भन्दै प्रतिक्रिया दिए । तर शुक्रवार चितवन पुग्दा भने उनको बोली फेरियो । गणतन्त्र र संघियता जनआन्दोलनको उपलब्धी भएका कारण जनमतसंग्रह हुन नसक्ने बताए भने लामो समयदेखि उठाउँदै आएको हिन्दू राज्यका बिषयमा भने जनमत संग्रह हुनुपर्ने धारणा राखे ।

विपी कोइराला छोरा, कोइराला परिवारका सदस्य शशांक हिन्दू राज्यका पक्षमा किन उभिए ? यसको एउटै कारण हो हिन्दू राज्यको नारा लिएर उनी सभापति बन्ने दौडमा छन् । नेपाली कांग्रेसको सभापति बन्न उनले हिन्दू राज्य पक्षधरलाई आफ्नो प्रभावमा पार्न खोजिरहेको राजनीतिक बिश्लेषकहरुले बताउने गरेका छन् ।-उनको सोच पश्चगामी छ तरपनि नेपाली कांग्रेसभित्र हिन्दू राज्य पक्षधरहरुको ठूलो जमात छ, त्यही जमातलाई उनी प्रभाव पार्न चाहन्छन्-राजनीतिक बिश्लेषक पुष्पराज ढुंगानाले भने -नयाँ बिचार दिन सकेका छैनन तर हिन्दू राज्यको सेन्टिमेन्टमा खेल्न खोजिरहेका छन् ।

नेपाली कांग्रेसको सभापति बन्न कोइरालाले हिन्दू राज्यको एजेण्डालाई सिडी बनाउन खोजिरहेका छन् । धार्मिक स्वतन्त्रताका लागि हिन्दू राज्यका बिषयमा जनमत संग्रह हुनुपर्ने जिकिर गरिरहेका छन् । पार्टीभित्रका केही नेताहरु उनको एजेण्डामा सहत भएपनि ठूलो हिस्साले भने रुचाएको छैन । सभापति शेरबहादुर देउवा संविधानभन्दा बाहिर जान नसकिने जिकिर गरिरहेका छन् । हिन्दू राज्यका पक्षमा कोइराला मात्र छैनन् । कोइराला परिवारकै अर्का सदस्य डा. शेखर कोइराला, नेता अर्जुननरसिंह केसी, चित्रलेखा यादव पनि हिन्दू राज्यकै पक्षमा छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु