होली विवादमा दुई समूहवीच झडप,छुरा प्रहार गरि एक युवाको मृत्यु

सुनसरी ।  सुनसरीको धरानमा होली विवादमा दुई समूहवीच झडप भएको छ । झडपमा परि एक जनाको हत्या भएको छ । युवायुवतीहरु होलीमा रमाइरहेका बेला बिहीबार साँझ बगैंचालाइनमा अचानक दुई समूहवीच झडप हुँदा धरान ८ स्थित सिदार्थमार्ग बस्ने २० वर्षीय निमा तामाङको मृत्यु भएको हो । छुरा प्रहार भएका निमाको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए लगतै मृत्यु भएको हो ।

मृतक तामाङको बायाँ छातीमा छुरी प्रहार भएको छ । तामाङकै समूहका मिलन विक घाइते भएका छन् । विकको बायाँ पाखुरामा छुरी प्रहार भएको छ । उनको प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले छुरी प्रहार गर्ने चार जनाको समूहको पहिचान गरिसकेको जनाए पनि नाम सार्वजनिक गरेको छैन ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु