सलमान खान टेलिभिजन खोल्दै, द कपिल शर्मा शो र विग वोस प्रशारणको तयारी

भारत । बलिउड सुपरस्टार सलमान खानले नीजि टेलिभिजन च्यानल सञ्चालन गर्ने भएका छन् । बलिउडमा एकछत्र राज गर्दै आएका सलमानले टेलिभिजन खोल्ने तयारी गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनको प्रोडक्सन कम्पनी एसकेबाट उनले टेलिभिजन चलाउने तयारी गरेका छन् ।

सलमान फिल्ममा मात्र हैन टिभिमा पनि निकै चर्चित छन् । विग बोस हुनले होस्ट गर्दै आएका छन् भने उनकै प्रोडक्सन कम्पनीबाट अहिले ‘द कपिल शर्मा शो’ चलिरहेको छ । विग बोस र द कपिल शर्मा शो अब सलमान कै टेलिभिजनबाट चलाउने तयारी गरिएको छ । टेलिभिजन चलाउनका लागि उनले भारत सरकारसँग फाइल दर्ता गरिसकेका छन् भने अन्य कार्यक्रमका लागि तयारी थालेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु