यस्तो छ अस्ट्रेलियाको सपना र वास्तविकता ,सुखी रहन के गर्ने ,के नगर्ने ! (भिडियो रिपोर्ट)

काठमाडौं । अस्ट्रेलिया नेपालीका लागि सपनाको देश मानिन्छ। अध्ययनको लागि जाने बाहाना बनाउदै रोजगारीको लागि जानेको संख्या धेरै नै रहँदै आएको छ । पछिल्लो समयमा बेलायतका शिक्षण संस्थामा समस्या देखिएको र अमेरिकामा पढ्न महँगो खर्च गर्नुपर्ने भएकाले विद्यार्थीहरूको ध्यान अष्ट्रेलियातर्फ मोडिएको छ । अधिकांश विद्यार्थीहरू सूचनाप्रविधि, नर्सिङ, इञ्जिनीयरिङ, स्वास्थ्य विज्ञान, एमबीए, हस्पिटालिटी म्यानेजमेण्टजस्ता विषय अध्ययनका लागि अष्ट्रेलिया जाने गरेका छन् । विद्यार्थीहरूले सैद्धान्तिकभन्दा प्राविधिक विषयलाई बढी ध्यान दिने गरेका छन् ।

तर, यही सपनाको देश छाड्न दिनगन्ती गर्नेको पनि कमी छैन यहाँ। लाखौं खर्चेर अस्ट्रेलिया आउन सहजै तयार हुने मानिसहरू करोडौं सकेर रित्तो हात नेपाल फर्किएका उदाहरण प्रशस्त छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु