सुशील कोइराला अझै कांग्रेसका जीवित सभापति,नयाँ पार्टी सदस्यतामा कोइरालाको हस्ताक्षर !

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको तीन बर्ष पुरा भएको छ । तर कांग्रेसको सदस्यतामा भने सुशील कोइराला अझै नेपाली कांग्रेसका जीवित सभापति छन् । २०७२ साल माघ २५ गते कोइरालाको निधन भएको थियो । त्यसपछि नेपाली कांग्रेसको महाधिबेशन भयो र नयाँ सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए । अहिले नेपाली कांग्रेसको सभापतिमा देउवा बहाल छन् । तर कांग्रेस केन्द्रीय कार्यालयले भने अझै सुशील कोइरालाले हस्ताक्षर गरेको पार्टीको सदस्यता वितरण गरिरहेको छ ।

सदस्यताको मिति २०७५ भएपनि सदस्यतामा हस्ताक्षर गर्ने पार्टी सभापति कोइरालाको निधन तीन बर्षअघि भइसकेको छ । कांग्रेसले २०७५ चैत १ गते एउटा सदस्यता वितरण गरेको छ । तीन दिनअघि वितरण गरिएको सदस्यतामा तीन बर्षअघि निधन भएका पार्टी सभापतिको हस्ताक्षर रहेको छ ।
१ चैतमा नेपाली कांग्रेसले बालाजीप्रसाद चौधरीलाई कांग्रेसको साधरण सदस्यता दिएको छ । सदस्ता दिएको मिति १ चैतको भएपनि हस्ताक्षर भने सुशील कोइरालाकै रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु