तराई क्षेत्रमा धार्मिक भ्रमण थालेका पूर्वराजाको मुस्कान, मिशन हिन्दू राष्ट्र र अखण्ड नेपाल

काठमाडौं । पोखरापछि सिमरा र त्यसपछि तराई क्षेत्रमा धार्मिक भ्रमण थालेका पूर्वराजा ज्ञानेन्द्र शाहको मुहारमा यतिबेला निकै चमक देखिएको छ । विगत ४ महिनादेखि राजधानी काठमाडौंभन्दा बाहिर यात्रा गरिरहेका पूर्वराजा यतिबेला तराई क्षेत्रका मन्दिरमा धार्मिक यात्रा मात्र गरेका छैनन, नागरिकसँग साक्षर र अभिनन्दीत भइरहेका छन् । आफुलाई स्वागत गर्न हजारौको संख्यामा नागरिक सडकमा आएको देखेर राजाको मुहारमा मुस्कान देखिन थालेको छ ।

छोरा पारस र आमा विरामी हुँदा पनि उनी राजधानी काठमाडौमा धेरै बसेनन् । छोरा पारसलाई हृदयघाट हुँदा उनी नर्भिक अस्पताल पुगेनन् । तर आमा विरामी भएपनि केही समय आएर उनी फेरी तराई नै झरे । तराईका प्रशिद्धदेखि सामान्य मन्दिरमा पुगेर उनी पुजाआजा गर्ने गरेका छन् भने नागरिकसँग उनी साक्षरतकार पनि गरिरहेका छन् ।

एक महिना पोखरा बसेका पूर्वराजा बितग दुई महिनादेखि झापा र जनकपुरलाई मुकाम बनाएर बसिरहेका छन् । पोखरादेखि मधेसम्म उनका दुई मिशन देखिएका छन् । मात्रृभूमि र हिन्दु राष्ट्रको रक्षा । राष्ट्र विखण्डन गर्ने शक्ति देशमा क्रियासिल भएको भन्दै उनले आपत्ति जनाउँदै आएका छन् । आफ्ना पुर्खाले एकीकरण गरेको नेपाल बिखण्डनको खतरामा पुगेपछि देश दौडाह शुरु गरेको उनले आफु निकटका ब्यक्तिसँग बताउने गरेका छन् ।

दोस्रो उनको मिशन छ हिन्दु राष्ट्र । हिन्दु राष्ट्रमा राजालाई सम्राटको रुपमा हेरिने गरिएको थियो । पछिल्लो समय हिन्दु राष्ट्रबाटै आफ्नो पुनरागमन हुने उनले आँकलन गरेका छन् । धार्मिकरुपमा अन्यभन्दा मधेस क्षेत्र निकै कट्टर छ । कट्टर धार्मिक समुदायकाबीचमा पुगेर उनले हिन्दु राष्ट्रको बखान गर्न थालेका छन् ।

मधेस क्षेत्रमा पूर्वराजाको निकै ठुलो स्वागत पनि गरिएको छ । स्थानीय जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसमेत उनको स्वागतमा जाने गरेका छन् । उनलाई स्वागत गर्न पुरानाभन्दा नयाँ र युवा अनुहारहरु अगाडी देखिएका छन् । नयाँ र युवा अनुहारहरु स्वस्फूर्त सडकमा आएपछि पूर्वराजा र राजाबादीहरुको अनुहारमा मुस्कान आउन थालेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु