न्यूजिल्याण्डमा भएको घटनाप्रति प्रधानमन्त्री ओलीद्धारा निन्दा,के छ विज्ञप्तीमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार मस्जिदमा भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै दुःख व्यक्त गर्नु भएको छ । न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गर्नु भएको हो । साथै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।

शुक्रबार बन्दुकधारीले दुईवटा मस्जिदमा आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । सन्देशमा प्रधानमन्त्री ओलीले यस्तो जघन्य अपराधको कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताउनु भएको छ । उहाले आतंकवादलाई परास्त गर्न पुरै विश्व एक भएर लाग्नु पर्ने पनि बताउनु भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु