विप्लव समुहका पोलिटब्युरो सदस्य कार्की पक्राउ

काठमाडौं । प्रतिवन्धमा रहेको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाका पोलिटब्युरो सदस्य राजधानीबाट पक्राउ परेका छन् । विप्लव नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई ललितपुरबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ । उनलाई गएराति पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएपनि विस्तृत विवरण खुलाएको छैन ।

ललितपुरकै नख्खुस्थित एनसेल मुख्यालयअगाडि केही समयअघि विप्लव समूहले बम विस्फोट गराउँदा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। यसपछि पनि उक्त समूहले मुलुकका विभिन्न स्थानमा बम विस्फोट लगायतका गतिविधि गर्दै आएको थियो । पछिल्लो समय कार्की विभिन्न सञ्चारमाध्ममा समेत अन्तवार्ता दिदै आईरहेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु