ट्रेन्डिङमा टिकटकबाट भाइरल जुम्ल्याहा दिदीबहिनीको पहिलो म्युजिक भिडियो

काठमाडौं । टिकटकबाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय रहेको पहिलो म्युजिक भिडियो रिलिज भएको हो। रिलिज गरिएको २४ घण्टा नपुग्दै यो गीत युट्युबको ट्रेन्डिङमा आएको छ । ‘हाम्रो माया जिन्दाबाद’ बोलको गीतमा स्वर शिशिर भण्डारी र बिन्दु परियारको रहेको छ भने यो गीत हाल युट्युबको ट्रेपन्डङ नम्बर १२ मा आइपुगेको छ । हाल यो रिर्पोट तयार पार्दासम्म यो गीतको भ्युज ४ लाख ३३ हजार पुगेको छ भने भ्युज आक्रमक रुपमा बढीरहेको छ ।

यस गीतमा दीपक सिलवालको सङ्गीत रहेको छ भने शब्द शिशिर भण्डारीले लेखेका हुन् । म्युजिक भिडियोमा टिकटकबाट भाइरल अरु दुई जुम्ल्याहा दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ र शरद थापा र बसन्त थापा देखिएका छन्।

हेर्नुस् भिडियो :

Comments

comments

सम्बन्धित शिर्षकहरु