लाइभ स्ट्रिमिङ गर्दै न्यूजिल्याण्ड दुई मस्जिदमा बन्दुकधारीको आक्रमण,४९ जनाको मृत्यु ( फोटो/भिडियो)

एजेन्सी । न्यूजिल्याण्डको क्राईष्टचर्चमा रहेका दुई मस्जिदमा बन्दुकधारीको आक्रमण भएको छ। क्राईष्टचर्चमा रहेका दुईवटा मस्जिदमा नवाज पढिरहेका बेला बन्दुकधारीले एकाएक आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। शुक्रबारको प्रार्थना सभा चलिरहेको अवस्थामा आक्रमणहुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

धेरै ‌संख्यामा मानिसहरु घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ। अस्ट्रेलिया विभिन्न समाचार माध्यमहरुले यस घटनालाई विशेष बुलेटिनको रुपमा बाहिर ल्याएका छन् । च्यानल नाईन, एबिसी ,एसबिएस लगायतका विशेष च्यानहरुले यस घटनालाई विशेष बुलेटिनको रुपमा प्रसारण गरिरहेका छन् ।

विभिन्न देशका नेताहरुले पनि यस घटनाको विरोध गर्दै समाचारहरु सार्वजनिक गरेका छन् । न्यूजिल्याण्डले आजको दिनलाई कालो दिनको रुपमा लिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको बताएको छ।, डेली मेलले ट्वीटरमा बर्टन टरानर्ट नाम गरेका अस्ट्रेलियाका २८ वर्षेले युवकले मस्जिदमा गोली चलाएको बताएको छ। उनी आप्रवासी हुनसक्ने अनुमान गरिएको छ। नुर मस्जिद र लिनवुड मस्जिदमा बन्दुकधारीले आक्रमण गरेका थिए।

आक्रमणको समयमा मस्जिदमा रहेका बंगलादेशी क्रिकेट खेलाडी पार्कबाट भागेर ज्यान जोगाएका छन्। घटनापछि बंगलादेश र न्युजिल्याण्डबीचको तेस्रो टेष्ट स्थगित गरिएको छ। बंगलादेश क्रिकेट बोर्डले आफ्ना सबै खेलाडी सुरक्षित रहेका जनाएको छ। आक्रमणमा कुनै पनि नेपाली नपरेको अस्ट्रेलिमा रहेको नेपाली दूतावासले जनाएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि आक्रमणकारी एक अस्ट्रेलियन भएको बताएको बीबीसीले उल्लेख गरेको छ। तर उनले नाम भने नखुलाएको बताइएको छ। टरानर्टले मस्जिदमा प्राथर्ना भइरहेको अवस्थामा फेसबुकबाट लाइभ गर्दै गोली चलाएका हुन्। फेसबुकले हाल त्यो भिडियो आफ्नो सर्भरबाट हटाएको बताएको छ। यद्यपी आक्रमणकारीले लाइभ स्ट्रिमिङ गरेको भिडियो ुसेन्सरु गरेर केही संचार माध्यमहरुले प्रकाशित गरेका छन्।

आक्रमण गर्न जाँदा उनले सैनिकले लगाउने खालको पोशाक लगाएको र मस्जिदसम्म यात्रा गर्दा ुलोक गीतुहरु सुनिरहेको मेलले जनाएको छ। उनको गाडीमा ६ वटा राइफल रहेको र त्यसमध्ये एउटा लिएर उनी सिधै मस्जिद तिर लागेको र गोली चलाएको भिडियोमा देखिएको छ।

उनले गोलीबाट बचेर छटपटाइरहेका व्यक्तिहरुमाथि पुनस् गोली चलाएको र मस्जिद भित्र सबै जना मरेको निश्चित गरेपछि बाहिर आएर फेरि गोली चलाएको बुझिएको छ। उनले प्रयोग गरेका हतियारहरुमा पहिला नरसंहार गरेका व्यक्ति र स्थानको नाम लेखिएको पाइएको छ।

१७ मिनेटको लाइभ स्ट्रिमिङमा उसले १०० पटक भन्दा बढी गोली प्रहार गरेको देखिएको उल्लेख गरेको छ। टरानर्टले ‘सेमिअटोमेटिक सटगन’ प्रयोग गर्दै मस्जिद भित्र प्रवेश गरेर गोली चलाएका थिए। उनको हेल्मेटमा ‘लेस्टस गेट डिस पार्टी स्टार्टेड’ लेखिएको र उनले गाडी र फेसबुकमा समेत सोही कुरा दोहोर्‍याइरहेका थिए।

 

टरानर्टले ट्वीटरमा राखेको मेनिफेस्टोमा आफू अन्ड्रेस ब्रेरिभिकबाट प्रभावित भएको उल्लेख गरेका थिए। ब्रेरिभिकले सन् २०११ मा नर्वेको ‍ओसलोमा ७७ जनाको हत्या गरेका थिए। उनले आफूले यो आक्रमण दुई वर्षदेखि योजना बनाइरहेको र आफू कुनै संस्थासँग आबद्ध नभएको उल्लेख गरेको बताइएको छ।

उनले आफूले गरेको कार्यमा कुनै पश्चाताप नरहेको समेत बताएका छन्। टरानर्टले आफूलाई मुस्लिमहरु मन नपर्ने भन्दै इस्लाम धर्ममा रुपान्तरण गरेकाहरुप्रति आफू घृणा गर्ने उल्लेख गरेका थिए। उनले धर्म रुपान्तरण गर्नेहरुलाई ‘ब्लड ट्रेटर’ को संज्ञा दिएको बताइएको छ। हाल उनको ट्वीटर अकाउन्ट स्स्पेन्ड गरिएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु