गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक

अमृत शर्मा
सिड्नी, अस्ट्रेलिया- नेपाली सांगीतिक क्षेत्रका मुर्धन्य वक्तित्वहरु संगीतकार सचिन सिंह, गीतकार होमनाथ न्यौपाने र हालका एक पछि अर्को गर्दै हिट गीत दिन सफल गायक ‘सन्जिब पराजुली’को गीत “आँखामा” सार्वजनिक भएको छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।
झट्ट सुन्दा फिल्मी सैलिको तर आधुनिक गीत ‘आँखामा’ मा गायकले आफ्नो भर्साटालिटी गायकी प्रस्तुत गरेका छन् । ‘कर्के नजर’, ‘नाई मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता अन्य थुप्रै डान्सिंग नम्बर गीतहरुले श्रोता-दर्शकको मन पहिले नै जित्न सफल गायक सन्जिबले ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ जस्ता सुमधुर र सेमी-क्लासिकल गीतमा पनि उत्तिकै प्रसंसा कमाएका छन् ।
प्रस्तुत गीतलाई लाइमलाइट नेपालका टेकेन्द्र शाहले निर्देशन गर्नु भएको छ । गीतमा प्रेमी प्रेमिका बिचको रोमान्चक क्षणलाई निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । गीतलाई जिवन्त रुप दिई क्यामरामा राम कुमार केसीले कैद गर्नु भएको छ भने टेकेन्द्र शाह आफैले एडिटिंग र कलरिंग गर्नु भएको छ । कलाकारहरु रेम्बो अधिकारी र माला लिम्बुले अभिनय मार्फत गीतको भाव ब्यक्त गरेका छन् । गीतलाई सन्तोष राजबाहकले कोरिओग्राफ गर्नुभएको छ ।
भिडियो हेर्नुहोस्

Comments

comments

सम्बन्धित शिर्षकहरु