सीके राउतले बोलाए बैठक,यस्तो छ अबको तयारी

काठमाडौं । ‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतले सरकारसँग राष्ट्रिय अखण्डतामा कायम रहेको सम्झौता गरेपछि राष्ट्रिय परिषद् बैठक बोलाएका छन् । आगामी चैत ४ र ५ गतेका लागि जनकपुरमा राष्ट्रिय परिषद् बैठक बोलाइएको गठबन्धनका एक शीर्ष नेताले बताए ।
बैठकमा सरकारसँग भएको सम्झौताबारे छलफल हुनेछ । बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका २०–२२ वटा जिल्ला संगठन संयोजक लगायत हरेक जिल्लाबाट ४–५ जनालाई सहभागी गराइने जनाइएको छ ।
गठबन्धनको तदर्थ समिति संयोजकमा सीके राउत, सहसंयोजकमा कैलाश महतो, प्रवक्तामा अब्दुल खान, सहजकर्तामा चन्दन सिंह र दिपक शाह रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु