विप्लवको बन्दको प्रभाव सामान्य,बिहानीसत्रको अधिकांश कलेज बन्द

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वान गरेको बन्दका कारण आज काठमाडौं उपत्यकासहित देशभर जनजिवन सामान्य रुपमा प्रभावित भएको छ । त्यस्तै गरी आज सार्वजनिक यातायात सञ्चानलमा समेत केहि समस्या देखिएको छ । आज विहानैबाट उपत्यकासहित देशका धेरै ठाउँमा गाडीको ओहोरदोहोर सामान्य छ । अघिल्लो दिनको तुलनामा गाडी कम चले पनि कतै अवरोध भने नरहेको र बन्दकर्ता सडकमा नदेखिएको प्रहरीले जनाएको छ ।

बन्दका कारण बिहानीसत्रको अधिकांश कलेज बन्द रहेका छन् । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव परेको छ । नेकपाको नेपाल बन्दलाई ध्यानमा राखेर देशभरको सुरक्षा व्यवस्था कडा पारिएको सरकारले जनाएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्वाध रुपमा गाडी चलाउन आग्रह समेत गरेको छ ।

आफ्नो पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड रोकिनुपर्ने लगायतका माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु