विप्लवका कार्यकर्तालाई के हुन्छ ? शान्तिपूर्ण भेला वा कार्यक्रम भए पनि पक्राउ गर्ने नीति

काठमाडौं । प्रहरीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि निगरानी बढाउने र शान्तिपूर्ण भेला वा कार्यक्रम भए पनि पक्राउ गर्ने नीति लिएको छ । सरकारले चन्द समूहलाई प्रतिबन्ध लगाएपछि उसका सबै गतिविधि निस्तेज बनाउन प्रहरीले कारबाही अगाडि बढाउने भएको हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शान्तिपूर्ण भेला हुन पाउने नागरिकको संवैधानिक हक भए पनि सरकारको नीतिअनुसार चन्द समूहलाई त्यस्तो गतिविधि गर्ने छुट नभएको बताए । ‘आपराधिक क्रियाकलापमा संलग्नले शान्तिपूर्ण भेला हुन पनि पाउँदैनन्,’ उनले भने ।

 

प्रहरीले चन्द समूहमा आबद्ध हुनेजतिलाई पक्राउ गर्ने र हिंसात्मक तथा आपराधिक गतिविधिमा संलग्न भेटिए फौजदारी अपराधको मुद्दा चलाउने र सामान्य गतिविधि वा भेला मात्रै गरेको भए सार्वजनिक सुरक्षा ऐनअनुसार कारबाही गर्ने नीति अख्तियार गर्ने देखिन्छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु