अष्ट्रेलियामा प्रवासी अभिभावकलाई १० वर्षे भिसा, यस्तो छ अभिभावक भिसाको लागि प्रक्रिया

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले प्रवासी अभिभावकहरुलाई १० वर्षे भिसा दिने घोषणा गरेको छ । अध्यागमन मन्त्री डेभिड कोलम्यानले प्रवासीहरुले निकै लामो समयदेखि माग गर्दै आएको भिसा सन् २०१९ को मध्यतिरबाट सुरु गरिने जनाएका छन । अध्यागमन मन्त्री डेभिड कोलम्यानले यो भिसाले अभिभावकहरुलाई आफ्ना सन्तानसँग जोड्ने बताएका छन् ।

यस भिसाको शुल्कलाई लिएर भने त्यति धेरै उत्साह छैन । नयाँ नियम अनुसार तीन वर्षको भिसाको लागि ५ हजार डलर शुल्क लाग्नेछ भने पाँच वर्षीय भिसाको लागि १० हजार डलर अनि पाँच वर्ष नै थप गरेर अर्को १० हजार डलर तिरेपछि कूल २० हजार डलर शुल्कमा १० वर्षको भिसा प्राप्त गर्न सकिने प्रावधान छन् ।

यति मात्र होइन यो भिसा प्राप्त गर्ने अभिभावकहरुको लागि निजी स्वास्थ्य बिमाको समेत प्रबन्ध गर्नुपर्ने भएका कारण अझ यो महँगो बनेको छ । यो भिसाको लागि आवेदन गर्नुपूर्व नै आफ्नो आर्थिक स्थितिको बारेमा जानकारी दिनुपर्नेछ । त्यसको अध्ययनपछि मात्रै आवेदन दिन पाइने अर्को प्रावधान पनि कठीन खालकै छ । यो भिसाले अभिभावकहरुलाई आफ्ना सन्तानसँग जोड्ने बताएका छन् । उनले भने “सँगै समय बिताउन चाहने परिवारका सदस्यहरुको लागि यो निकै उपयोगी हुनेछ ।

यस्तो छ प्रक्रिया
यो भिसा अन्तर्गत अभिभावकहरु अष्ट्रेलियामा पांच वर्ष देखि दश वर्षसम्म बस्न पाउनेछन् ।क्त नयाँ अभिभावक भिसा आगामी अप्रिल १७ देखि लागु हुनेछ । यो भिसामा आफ्ना अभिभावक अष्ट्रेलिया ल्याउन चाहनेले सुरुमा स्पोन्सरशिपको लागि निवेदन दिनुपर्नेछ । निवेदन दिने व्यक्ति अष्ट्रेलियाको नागरिकता पाएको या पीआर पाएको या न्युजिल्याण्डको नागरिक रहेको हुनुपर्नेछ ।

त्यस्तै, अभिभावक निवेदन दिने व्यक्तिलाई जन्म दिएको आमाबुवा या उसलाई धर्मसन्तानको रुपमा पालेका आमा बुवा या सौतेनी आमा अथवा सौतेला बुवा हुनुपर्नेछ । स्पोन्सरशिप निवेदन पछि त्यो निवेदन पास हुनुपर्नेछ । त्यसपछि मात्र भिसाको लागि निवेदन दिन सकिनेछ । स्पोन्सरसिप निवेदन पास भएको छ महिना भित्र भिसाको लागि निवेदन दिइसक्नुपर्नेछ ।

यो भिसा सुरुमा पांच वर्षको लागि प्राप्त हुनेछ र त्यसपछि पनि अष्ट्रेलियामा बढाउन चाहेमा पांच वर्ष थप गर्न सकिनेछ । यस भिसाको शुल्क चर्को भएका कारण प्रवासीहरुमा त्यति उत्साह देखिएको छैन । यो भिसा अष्ट्रेलिया सरकारले हरेक वर्ष १५ हजार वटा मात्र प्रदान गर्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु