उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले दिए चेतावनी

काठमाडौं । लामो समयदेखि काठमाडौ‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ । नयाँ पत्रिका दैनिक लेख्छ–भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोस्ट महेश पोखरेल उपत्यकामा ट्युबवेल, डिपबोरिङ र इनारबाट जथाभावी पानी निकाल्न थालेपछि जमिनमुनिको पानी सतह घट्दै गएको बताउँछन् । पानीको सतह गहिरिँदै जाँदा सय–दुई सय वर्ष पुराना ढुंगेधारा, इनार, पोखरीसमेत सुकेका छन् । ‘जमिनमुनि पानी रिचार्ज हुने र निकाल्ने सन्तुलन नहुँदा उपत्यका भासिन सक्ने खतरा छ,’ पोखरेलले भने, ‘तर, तत्काल त्यस्तो कुनै संकेत देखिएको छैन ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु