सकारात्मक परिवर्तनका लागि मन छुने लाइनहरु !

असनेपालन्युज । सकारात्मक परिवर्तनका लागि मन छुने लाइनहरु ।

  • अरुका लागि देखाउंन मात्र होइन आत्म संन्तुष्टि
    रहनका लागि इमान्दार बन्नुहोस्, तनाव बाट मुक्ति मिल्नेछ ।
  • आनन्दले निंदाउंन सक्ने , उत्साहले ब्युंझिन सक्ने , सन्तुष्ट भएर जिउंन सक्ने , कसैको निन्दा नगरि दिन बिताउंन सक्ने र हरेक दिन उपयोगी बन्न सक्ने कलाको बिकास गर्नु नै सबै भन्दा धनी बन्नु हो ।
    नारी कसै की कोही मात्र हैनन् , आँफैंमा कोही हुन्।
  • सबै आदरणियजनहरु अनुकरणिय हुंदैनन् तर अनुकरणियहरु सबै आदरणिय हुन्छन् ।
  • हामि संसारलाई जस्तो चम्मा लगाएर हेर्छौं, त्यस्तै देख्छौं, दृष्‍टि अनुसारकै दृष्‍य ।
  • स्व:परिवर्तन नै विश्व परिवर्तनको आधार हो !जो अरुमा परिवर्तन देख्न चाहन्छ ,उसले त्यो परिवर्तनलाई आफैंले आत्म साथ गरेकै हुनुपर्छ।
  • मृत्यु यति धेरै उदार छ कि , प्रशंसामा कन्जुस्याइँ गर्नेहरुलाइ पनि खुलेर सदिच्छा प्रकट गर्न वाध्य पारिदिन्छ !वास्तवमा जीवन पनि मृत्यु जतिकै उदार हुने हो भने धेरैलाइ बांच्दैमा उत्प्रेरित भएर केहि योगदान गर्नै पर्ने उर्जा मिल्ने थियो!
    घर,जग्गा र सम्पत्तिका लागि मात्र हैन , जीवनको असलि शान्ति र आनन्दका लागि समेत लगानि बढाउं !
  • जीवन दुख्यो भन्दैमा जो कोहिलाई आफ्नो आशुं पु्छ्न नलगाउं । सघाउंने बहानामा त्यहि आंशुकै व्यापार गर्नेहरूको जमात बढ्दो छ,?समाजमा। धैर्य गर्नुहोस्, समयले निको नपार्ने कुनै घाऊ हुंदैन ।
  • मृत्यु पश्चात आफ्नो लास माथि घृणाको थुक पार्ने वा श्रद्दाको फुल ओढ्ने , आफ्नै कर्ममा भर पर्छ! चिहानमा पुग्नु अघि सोच्नुहोस् अझै अवसर छ!खान पुग्छ, बांच्न पुग्छ ,हांस्न पुग्छ तर फेरि भ्रस्टाचारिको कलंक लगाउंने दिशामा किन भासिनु हुन्छ!असल कर्म गर्ने अवसरको नामनै जीवन हैन र!छातिमा हात राखेर देशलाई नचुस्ने कसम खानुहोस् त देश बन्ने छ ,अनि तपाइंको परिचय गन्हाउंने नाम होइन युगले सजाउंने सम्मान बन्ने छ।
  • गतिलो मुसौरो बनाउंनमा समय र अर्थ खर्च गर्नु अघि त्यहां मुसौरो थाप्नु जरुरी छ कि छैन पत्ता लगाउं।
    ~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

यस्तै मन छुने उत्प्रेरणात्मक भिडियो को लागि यो लिन्ङ्क लाई पछ्याउं :

जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन

Comments

comments

सम्बन्धित शिर्षकहरु