अष्ट्रेलिया घुम्न आएका नेपाली अभिभावकहरुको लागि वनभोज मेला र नि:शुल्क स्वास्थ्य शिविर

अष्ट्रेलिया । नेपालदेखि अष्ट्रेलिया घुम्न आएका नेपाली अभिभावकहरुको लागि वनभोज मेला २०१९ को हुने भएको छ । आगामी ३० मार्च शनिबारका दिन Goulburn National Park मा एनआरएनए अष्ट्रेलियाको न्यु साउथ व्ह्लेस स्टेट को-अर्डिनेसन काउन्सिलले भव्य तयारीका साथ वनभोज मेलाको आयोजना गरेको हो ।

वनभोज मेलामा अभिभावकहरुका लागि विभिन्न मनोरन्जनात्मक कार्यक्रमसंगै निस्शुल्क स्वास्थ्य शिविर समेत हुनेछ । वनभोजमा सहभागिताको लागि ३० डलर शुल्क लाग्नेछ । सहभागिताको लागि आगामी मार्च १६ सम्ममा नाम दर्ता गराउनको लागि आयोजकले आग्रह गरेका छन् ।आयोजकका अनुसार, वनभोजको दिनमा अभिभावकहरुलाई बिहान ६:३० मा गाडीमा लिन आइनेछ भने बेलुका ६ बजे घरमा फिर्ता छोडिनेछ ।

अभिभावकहरुका लागि वनभोज कार्यक्रम अझ व्यवस्थित, मनोरन्जनात्मक र सुविधायुक्त बनाउनको लागि आयोजकले नेपाली संघसंस्था तथा कम्पनीलाई वनभोज कार्यक्रमलाई प्रायोजन गरी हातेमालो गर्न अनुरोध गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु