रियल मड्रिडको सोलारी बर्खास्त, जिदानलाई पुन:प्रशिक्षकको जिम्मेवारी

एजेन्सी । रियल मड्रिडले स्यान्टियागो सोलारीलाई बर्खास्त गरेको छ । प्रशिक्षकमा पूर्वप्रशिक्षक जिनेदिन जिदानलाई ल्याएको छ। उनले क्लब छाडेको १० महिनापछि जिदानले पुन: प्रशिक्षकको जिम्मेवारी लिएका हुन्। सोलारीले पछिल्लो पाँचमहिना क्लबलाई प्रशिक्षण दिएका थिए। रियलका पूर्व मिडफिल्डरसमेत रहेका जिदानेले गत सिजनमा रियललाई च्यापियन्स लिगको उपाधि तेस्रोपटक जिताएका थिए। अब उनले क्लबको जिम्मेवारी सन् २०२२ सम्म सम्हाल्ने जनाएका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु