पाकिस्तानी प्रधानमन्त्रीले सेना प्रमुखलाई झिकाएर दिए यस्तो निर्देशन

एजेन्सी ।  पछिल्लो समय लगातार बढ्दै गएको भारतसँगको तनाबकाबीच पाकिस्तानी प्रधानमन्त्रीले सेना प्रमुखसँग भेट गर्नुभएको छ । आज इस्लामावादमा भएको भेटमा देशको पछिल्लो सुरक्षा अवस्थाका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर बाजवाको भेट भएको हो ।

भारतीय पक्षले आज पनि कश्मीरमा तीन जना आतंकवादी मारेको दावी गरेको छ । लामो समय देखि भारत र पाकिस्तान बिचको तनाब लगातार बढ्दै गइरहेको छ । भेटमा खानले पछिल्लो देशको सुरक्षा अवस्थाबारे चासो राख्नु भएको थियो ।

बाजवाले आफुहरु भारतसँगको जुनसुकैं खत्तरालाई पनि सामना गर्न तयार भएको भन्दैं त्यसैं किसिमको तयारी भइरहेको जानकारी दिनुभयो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्रीलाई पटकपटक वार्ता गर्न चाहेको भए पनि कुरा नभएको जानकारी दिनु भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु