‘वामदेवजीको चर्चा होइन,रवीन्द्र अधिकारीकी श्रीमतीलाई टिकट दिन सकिन्छ’- दाहाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा वामदेवजीको चर्चा त्यतिकै आयोको बताएका छन् । सोमबार पोखरामा संवाददाताहरूसँग कुरा गर्दै दाहालले त्यस क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नीलाई उम्मेदवार बनाउन सकिने बताएका हुन् । अधिकारीको निधनपछि खाली भएको कास्की-२ को सांसदका लागि अधिकारी पत्नी विद्या भट्टराईलाई नेकपाले उम्मेदवार बनाउन सक्ने बताए ।

दाहालले भने पार्टीले जिल्लाको पनि विचार र परिस्थिति हेर्नुपर्ने हुन्छ,’ ,‘परिवारको सदस्यभित्रबाट जाँदा उहाँको परिवार पनि राजनीतिक परिवार हो। नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगिनी पनि हुनुहुन्छ, विद्याजी। यी सबैप्रति विचार गरेर पार्टीले निर्णय गर्छ।’ गत वर्षको प्रतिनिधि सभा चुनावमा उक्त क्षेत्रबाट निर्वाचित भएका अधिकारी पर्यटन मन्त्री बनेका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु