सीके राउतका गतिविधिले सरकार झस्कियो

काठमाडौं । नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ । आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् ।

राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए । कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो । भीआईपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए । सिरहा, सप्तरीलगायत जिल्लाबाट आएका कार्यकर्ताले जनकपुरमा स्वतन्त्र मधेसको पक्षमा विभिन्न नारा लगाएका थिए । प्रहरी भने मूकदर्शक थियो ।

राउतले भने कार्यकर्तालाई सम्बोधन गरेनन् र पत्रकारलाई पनि प्रतिक्रिया दिएनन् । ‘फ्री मधेस’ लेखिएका झन्डा र ब्यानरसहित उनलाई आइतबार जनकपुरमा स्वागत गरिएपछि सरकार पनि झस्किएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारलाई धोका दिए सिके राउत समूह समाप्त हुने चेतावनी दिएका छन् ।, नयाँ पत्रिकामा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु