सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै सिके राउतको समर्थनमा स्वतन्त्र मधेसको नारा,स्वतन्त्र मधेशको झन्डा प्रयोग

काठमाडौं । मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको स्वतन्त्र मधेश गठबन्धनका समर्थकले जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लागेको छ। सरकारसँग स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेको गठबन्धनले जनकपुरमा भने गठबन्धनको झण्डा प्रयोग गरिएको छ ।

रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी गरेका थिए। बिहिबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए। सरकारसँग भएको ११ बुँदे सम्झौताको बुँदा नम्बर ६ मा झण्डासहित पर्चा, पम्पलेट, किताब उत्पादन तथा बितरण नगरिने उल्लेख गरिए पनि राउतलाई विमानस्थलमा स्वागत गर्न गएका कार्यकर्ताहरुले ‘फ्री मधेस’ को झण्डा बोकेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु