‘सरकार चिप्लिएको होइन,जनअभिमतको अर्थ जनमत संग्रह हुँदैन, धोका दिए उनीहरू नै सिद्धिन्छन्’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहमा जाने भन्ने सहमति भएको भन्ने कुरा भ्रामक रहेको बताएका छन्। आइतबार प्रतिनिधि सभामा सहमतिका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सहमतिमा जनमत संग्रहको कुरै नगरिएको बताए।

गृहमन्त्री थापाले संविधानले पनि प्रदेशलाई अलग्गै देश बनाउनका लागि जनमत संग्रह गर्ने अधिकार नै नदिएको भन्दै उनले जनमत संग्रहका लागि सरकारले सहमति गरेको भन्ने भ्रम नछर्न आग्रह समेत गरे।
उनले सीके राउत नेतृत्वको गठबन्धन नेपालको संविधान र सार्वभौमिकता स्वीकार गरेर सहमतिमा आएको उनले दावी गरे।

सरकारलाई धोका दिन गठबन्धनले सरकारसँग सहमति गरेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले कसैलाई घोका दिनका लागि सहमति नगरिएको बताए। ‘सराकारले र गठबन्धनले एकअर्कालाई धोका दिने भन्ने चर्चा पनि छ’, उनले भने, ‘ सरकारलाई धोका दिन खोजे उनीहरु समाप्त हुन्छन्।’

Comments

comments

सम्बन्धित शिर्षकहरु