अस्ट्रेलियाको मेलबर्नमा गाडीको ठक्करबाट फेरी एक नेपाली विद्यार्थीको मृत्यु

मेलबर्न । अस्ट्रेलियामा नेपालीहरूको उपस्थिति बढ्दै जाँदा दुर्घटनाका घटनाहरू पनि वृद्धि भइरहेका छन् । हालसालै मात्र अध्ययनको शिलशिलामा अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी काभ्रेपलाञ्चोक, बनेपाकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको हो । उनी करिब ९ महिनाअघि मात्र लाट्रोब विश्वविद्यालयमा अध्ययनका लागी अाएकी थिइन् ।

 ४ मार्चमा काम सकेर राति करिब १ बजेतिर घर फर्कँदा सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेको उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । ठक्कर दिने गाडी चालकले नै प्रहरीलाई खबर गरेका थिए । श्रेष्ठको अन्त्येष्टी आगामी हफ्ता मेलबर्नमै गरिने जनाइएको छ ।

दुर्घटनाको खबर पाएदेखि नै आफूहरू लगायत एनआरएनए र महावाणिज्य दूतावासका प्रतिनिधिहरू स्थानीय प्रशासन तथा अस्पतालको सम्पर्कमा रहेको नेप्लिज एसोसिएसन अफ भिक्टोरिका अध्यक्ष तारा गैरेले बताए ।

आफ्नो उज्वल भविष्य निर्माणमा विदेशिन बाध्य नेपालीले सडकमा हिँड्दा, गाडी चलाउँदा या समुद्रमा पौडी खेल्दा आफूहरूले अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा चनाखो भई पूर्ण जानकारी लिनु र सावधानी अपनाउँदा मात्र यस्ता दुर्घटनाका खबर कम हुने गैरेले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु