प्रधानमन्त्रीको दुखेसो :’नेकपाको बेइज्जत भो,लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा चन्द्रकान्त राउत (सिके) लाई नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता भएका नेताको संज्ञा दिनुभएको छ । राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग राष्ट्रिय सभागृहमा भएको ११ बुँदे सहमतिपछि आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले राउतलाई असाधारण निर्णय क्षमता भएको ब्यक्तिको संज्ञा दिनुभएको हो । ‘सिके राउतमा पनि असाधारण निर्णय क्षमता देखेँ, त्यस्तो असाधारण निर्णय क्षमता पुष्पकमल दाहाल प्रचण्डमा देखेको थिएँ, । प्रचण्डको निर्णय क्षमता असाधारण नै रहेको छ, ।

प्रधानमन्त्री केपी शर्मा ओली नेत्रविक्रम चन्द विप्लवमाथि खन्निएका छन् । सिके राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनलाई मुलधारको राजनीतिमा ल्याउने घोषणा सभामा बोल्दै प्रधानमन्त्रीले लुट्नका लागि कम्युनिष्टको बदनाम नगर्न चेतावनी दिए ।

‘हाम्रो पार्टीको नाम पनि नेकपा नै छ, उता लुटीखानेहरुले पनि आफूलाई भन्दा रहेछन्, अब त नेकपा भन्न पनि लाज हुन्छ’, ओलीले भने, ‘विप्लव समूहले लुट्नका लागि कम्युनिष्ट भनिरहेको छ । यसरी त बेइज्जत भइसक्यो नेकपा भन्न ।’

प्रधानमन्त्रीले विप्लव समूहका गतिविधि आफूहरुले नियालिरहेको बताए । ‘उहाँहरुका प्रचा पनि हेरिरहेको छौ । एसएमजी, एलएमजीसहितका मान्छे पक्राउ परिरहेका छन् । अनि मान्छे समात्न पाइन्छ भनेर उफ्रिन्छन्’, ओलीले भने, ‘बन्दुक घर भित्र राखेर बस्ने ? घरमा छापा नमारी के गर्नु ? विष्फोट गराएर हिँड्ने ? अनि कम्युनिष्ट पार्टी पनि भन्ने, नेकपाको नाम लिन बन्द गर, बरु लुटेर समूह (विप्लव), लुटेरा समूह (प्रकाण्ड) नाम राख ।’

प्रधानमन्त्री ओलीले अझै पनि त्यो बाटो छाड्न विप्लवलाई आग्रह गरे । ‘अझै पनि भन्न चहान्छु त्यो बाटो छाड्नुस, नत्र यो देशमा शान्ति सुरक्षा गर्ने जिम्मा सरकारको हो त्यो गर्छ ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु