राजपाविना पनि वर्तमान सरकारका लागि दुई तिहाई पर्याप्त,यस्तो छ अंकगणित

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन बुधबारबाट फिर्ता लिएको जनाएको छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचिन गर्न राजपाले कुल १६ मत दिएको थियो । अथार्त संसदमा राजपाका कुल १६ सांसद रहेका छन् ।

राजपाका कुल निर्वाचित सांसद संख्या १७ भएपनि रेशम चौधरीलाई अभियोग लागेपछि प्रधानमन्त्रीको निर्वाचनमा उनले विश्वासको मत दिन पाएनन् । र, बुधबार कैलाली अदालतले जन्मकैदको फैसला गरेसँगै उनी सांसदबाट पनि निलम्बित भएका छन् ।

हाल संसदमा नेकपाको कुल १ सय ७४ सिट छ । यस्तै वर्तमान सरकारलाई कुल १६ सांसद संख्या रहेको संघीय समाजवादी फोरमले समर्थन गरिरहेको छ । यसर्थ हालको सरकार कुल १९० सांसदको समर्थनमा बनेको छ ।

प्रतिनिधिसभाको कुल आकार २ सय ७५ को हो । जसअनुसार, दुई तिहाईका लागि कुल १ सय ८४ सांसद आवश्यक हुन्छ । र, संघीय समाजवादी फोरमको समर्थन रहेसम्म वर्तमान सरकारका लागि त्यो संख्या पर्याप्त छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु