केन्यामा हुने भनिएको टी–२० प्रतियोगिताको मिति परिवर्तन

काठमाडौं । अफ्रिकी राष्ट्र केन्यामा हुने भनिएको आठ राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय स्तरको टी–२० प्रतियोगिताको मिति सरेको छ । यसअघि मार्च महिनाको २२ देखि २३ मा आयोजना हुने भनिएको उक्त प्रतियोगितामा नेपाल लगायत ७ वटा एसोसिएट्स राष्ट्र र एक टेष्ट राष्ट्र सम्मिलित हुने बताइएको थियो ।

केन्या क्रिकेट बोर्डको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको मिति २ देखि ३ हप्ताको लागि पर सरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले बताए । यसबीचमा नेपालको अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकोले नेपालले सो प्रतियोगिता खेल्न यसअघि आईसीसीसँग अनुमति पनि मागिसकेको छ ।
शिवाकोटीका अनुसार उक्त प्रतियोगिता आयोजना हुने नयाँ मिति केहि दिनमै थाहा हुनेछ । प्राविधिक कारणले सारिएको भनिएको उक्त प्रतियोगिता अब अप्रिलको पहिलो हप्तातिर आयोजना हुनसक्ने अनुमान गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु