राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण आइतवारबाट, यस्तो छ न्यूयोर्कमा कार्यक्रम

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु) को ६३ औँ बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २६ फागुनमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने हुनुभएको छ । लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा रहने बताउनु भयो । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालय सचिव, सोही कार्यालयका विज्ञसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव, सरकारी र गैरसरकारी क्षेत्रका ३४ जना सदस्य रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु