टीकापुर घटनाको बहस सकियो, फैसल भोलि रेशम चौधरीले पाउँलान् त सफाइ ?

कञ्चनपुर । उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको टीकापुर घटनाको बहस सकिएको छ । वादीका तर्फका दुई न्यायधिवक्ता र प्रतिवादीतर्फका ११ जना कानुन व्यवसायीहरूले यस घटनाको मुद्दामा बहस गरेको कैलाली जिल्ला अदालतले जनाएको छ । कैलाली जिल्ला अदालतका श्रेस्तेदार इन्द्र कठायत भने, ‘बहस सकिए पनि समय अभावका कारण फैसला हुन सकेन ।’

उनले बुधबार यो घटनाको फैसला हुने बताएका छन् । जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशमा घटनाको बहस भएको थियो । यस घटनाको मुख्य दोषीको रुपमा सांसद रेशम चौधरीलाई लिइँदै आएको छ । अहिले पनि उनी सोही घटनाका कारण कारागारमै छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु