सन्दीप लामिछाने ‘बर्ष क्रिकेट खेलाडी’ घोषित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एनसीसीएस(सिप्यान क्रिकेट अवार्ड २०१९ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् । सन्दीपले उपाधिसँगै १ लाख ३२ हजार रुपैयाँ प्राप्त गरे । यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।

खेलाडीहरुको अघिल्लो वर्षदेखि युएईविरुद्धको सिरिजमा गरेको प्रदर्शनका आधारमा विजेता छनोट गरेको सिप्यानले जनाएको छ । सन्दीपको अनुपस्थितिमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले उनको उपाधि ग्रहण गरे ।

सन्दीपले सन् २०१८ र १९ मा राष्ट्रिय टोलीबाट कुल ३२ खेल खेले । यसक्रममा उनले ८४ विकेट हात पारेका छन् । उनले वान डे खेलमा ५५ विकेट र १० टि-२० खेलमा २९ विकेट हात पारेका छन् । डिभिजन २ मा सन्दीपले नामिबियाविरुद्ध ४ र केन्याविरुद्ध ५ विकेट लिएका थिए । विश्वकप छनोटमा पनि उनले पपुवा न्यू गिनीविरुद्ध ४ तथा हङकङविरुद्ध ३ विकेट लिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु